mobile

उपत्यकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाइने

By RSS on Aug 09,2018 - 18:16

संघीय संसद् अन्तर्गतका समितिले आफ्ना क्षेत्रअन्तर्गत मन्त्रालय र निकायका कार्ययोजना बारेमा जानकारी लिन शुरु गरेका छन् । यस अन्तर्गत महिला तथा सामाजिक समितिले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चालू आवका कार्यक्रमका बारेमा जानकारी लिएको छ । सो समितिको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक समानता नीति २०७५ को मस्यौदा तयार भइरहेको र बालबालिकासम्बन्धी ऐन २०४८ लाई प्रतिस्थापना गर्ने नयाँ ऐनको मस्यौदा तयार भएको जानकारी दिनुभयो ।उहाँले वीरगञ्ज, रुपन्देही र चितवनमा आगामी भदौ १ गतेदेखि बालसुधार गृह स्थापना गर्न स्वीकृति दिएको, काठमाडौँ उपत्यकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाउने अभियान जारी रहेको र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न बालसंरक्षणका कार्यक्रम सञ्चालन भइरहेको वताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “महिला तथा बालबालिकामाथि हुने हिंसा तथा दुव्र्यवहारमा कमी ल्याउन सामूहिक प्रयासको आवश्यकता पर्छ ।” मन्त्रालयका कानूनी, संस्थागत तथा कार्यक्रमगत सुधार गर्ने कार्य जारी रहेको उहाँले समितिको बैठकमा जानकारी दिनुभयो । (रासस)

ट्याग -  बालबालिका मुक्त क्षेत्र

SUGGESTED ARTICLES

img
फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक हुँदै  

 इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इम्यान्युल माँक्रोनको राजीनामा माग गरेका छन्। 


by Anu Rana | Dec 10

img