mobile

सर्पदंश केन्द्रमा औषधि अभाव

By RSS on Aug 10,2018 - 10:39

जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ । दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । कटारी अस्पताल र नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएपछि बिरामीलाई उपचारका लागि अन्यत्र जान सिफारिश गर्ने गरिएको छ । “बिरामीलाई समयमै अस्पताल पु–याउन नसक्दा बाटैमा मृत्यु हुने गरेको छ,” कटारी अस्पतालका प्रमुख डा गौरव साहले भन्नुभयो, “दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्, औषधि नहुँदा अन्य अस्पताल लैजान सिफारिश गर्नुपर्ने बाध्यता छ ।” अस्पतालमा सर्पदंशका बिरामी राख्न भेन्टिलेटर छैन ।

कटारी ताराघारीस्थित शार्दूल गणमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पनि औषधि अभाव भएको सेनानी उपेन्द्र रेग्मीले बताउनुभयो । वर्षातको समयमा सर्पको बिगबिगी बढेको छ । वैशाखयता शार्दूल गणको सर्पदंश उपचार केन्द्रमा एक सयभन्दा बढी बिरामीको उपचार गरिएको थियो । तेह्र जनालाई निको पारिएकोमा अन्यलाई उपचारका लागि अन्य अस्पताल सिफारिश गर्नुपरेको सेनानी रेग्मीले बताउनुभयो । (रासस)

ट्याग -  औषधि अभाव

SUGGESTED ARTICLES

img
सडक दुर्घटनामा मृत्यु

गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।


by RSS | Oct 15

img