mobile

खानेपानी योजना अधुरै

By RSS on Aug 10,2018 - 11:09

सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले रु छ करोड खर्च गरेपनि सो योजनाको काम अधुरै रहेको स्थानीयवासी बृजमान तामाङले बताउनभयो । उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा बजेट दुरुपयोग गरी खानेपानी योजनाको काम अधुरै छाड्दा स्थानीयवासी शुद्ध पानी पिउनबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।

उपभोक्ता समिति र कर्मचारीको लापर्बाहीका कारण गुणस्तरीय काम नभएको स्थानीयवासीको आरोप छ । प्लाष्टिक पाइप बेलाबेलामा फुट्ने गरेको छ । पानी नछानिकनै धारामा वितरण गर्ने गरिएको छ । स्थानीयवासी दूषित पानी खान बाध्य छन् । उपभोक्ताले रु एक हजार ५०० धरौटी तिरेर धारा जडान गरेका हुन् । उनीहरुले मासिक रु २०० शुल्क उपभोक्ता समितिलाई बुझाउँदै आएका छन् । उपभोक्ता समितिका कोषाध्यक्ष लालबहादुर तामाङले सो योजनाको आयव्यवबारे आफूलाई जानकारी नभएको बताउनुभयो । (रासस)

ट्याग -  खानेपानी योजना

SUGGESTED ARTICLES

img
ढोरपाटनमा यातायात अवरुद्ध

नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ । हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो । ढोरपाटन–सालझण्डकी खण्डको ढोरपाटन नगरपालिका–९ बोवाङको सडकमा हिउँ अझै पग्लेको छैन । हिउँ नपग्लदा बोवाङको फलियाघरदेखि माथिको बस्तीमा सडक यातयात पूर्णरुपमा बन्द भएको स्थानीयवासी कमल भण्डारीले जानकारी दिनुभयो ।


by RSS | Feb 22

img