mobile

सहकारीको पूँजी उत्पादनमूलक क्षेत्रमा

By RSS on Aug 10,2018 - 11:36

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताउनुभएको छ । अनलाइन पत्रकार संघ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहकारीको समग्र व्यवस्थापन गर्न आवश्यक कानून निर्माणको तयारी भइरहेको बताउनुभयो । महिला र युवालाई लक्ष्य गरी उद्यमशीलताको विकास गर्नु आवश्यक भएको उहाँको भनाइ थियो । मन्त्री अर्यालले उपलब्ध साधन स्रोतको उपयोग गर्दै स्वरोजगारका कार्यक्रम अघि बढाउन सकिने बताउनुभयो ।

“सहकारीमा संकलित सानो पूँँजी समाजको आर्थिक समुन्नतिका लागि महत्वपूर्ण माध्यम बनेको छ,” उहाँले भन्नुभयो, “यसबाट आपसी समझदारी एवं सामूहिक भावनाको विकास हुँदै गएको छ ।” स्थानीय तह र सहकारीबीच समन्वय आवश्यक भएको औल्याउँदै उहाँले व्यवहारिकताका आधारमा सहकारीका लागि कर निर्धारण गर्नुपर्ने बताउनुभयो । जग्गाको खण्डीकरणलाई निरुत्साहित गर्दै उत्पादनशील बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । (रासस)

ट्याग -  सहकारी पूँजी

SUGGESTED ARTICLES

img
बास्तोलाको निधनप्रति दुःख व्यक्त

पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको समवेदना सन्देशमा यस दुःखद् घडीमा मञ्च उहाँप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ । 


by RSS | Oct 15

img