mobile

सिमाना नाकामा सहायता कक्ष स्थापना हुँदै

By RSS on Aug 10,2018 - 14:16

चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् ।
हातहतियार, लागू औषध ओसारपसार तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका निम्ति दुवै सुरक्षा बलले संयुक्त रुपमा गस्ती गर्न र जनमैत्री व्यवहारका निम्ति सुरक्षा कर्मचारीलाई तालीमको व्यवस्था गर्न पनि दुवै देश सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उच्च नेतृत्व र कार्यक्षेत्रमा खटिएका अधिकारीबीच नियमित छलफल तथा अनुगमन गर्न पनि दुवै देशका सुरक्षा बल सहमत भएका छन् । चौथो परामर्श बैठक अर्को वर्ष नेपालमा हुनेछ । (रासस)

ट्याग -  सिमाना नाका

SUGGESTED ARTICLES

img
मेलम्ची सुरुङको अन्तिम काम ७।३ किमी बाँकी

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । 


by RSS | Oct 15

img