mobile

पुस्तकालयमा दुई पक्षबीच विवाद

By RSS on Aug 12,2018 - 12:34

बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय दुई पक्षको असमझदारीका कारण विवादमा परेको छ । वर्तमान कार्यसमितिले आफूखुशी आजीवन सदस्यता वितरण गरेको र असमझदारीबीच साधारणसभा खोजेको भन्दै पुस्तकालयमा तालाबन्दीसमेत गरेका छन् । “केही आजीवन सदस्यको विरोधका बाबजुद १७औँ साधारणसभा गर्नु, सदस्यताको टुंगो लगाउन नसक्नु र पुस्तकालय जस्तो पवित्र संस्थामा चरम राजनीतिक गुटबन्दी गर्न खोज्नु नै मुख्य विवादको कारण हो”, आजीवन सदस्य राजेन्द्र विष्टको भनाइ छ । पुस्तकालयका अध्यक्ष लिलबहादुर राना नेतृत्वको वर्तमान कार्यसमितिले साधारणसभा गरेर निर्वाचन तालिका सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले पुस्तकालयमा तालाबन्दी गरेका हुन् ।

यसअघि असन्तुष्ट पक्षले बाँके जिल्ला प्रशासन कार्यालयमा सदस्यतासम्बन्धी विवाद टुंगो लगाएर मात्र चुनाव हुनुपर्ने मागसहितको निवेदन दिएका थिए । तर, त्यसको टुंगो नलागेकै अवस्थामा निर्वाचनको प्रक्रिया अघि बढाइएकाले केही आजीवन सदस्यले पुस्तकालयमा तालाबन्दी गरेका हुन् । यस सम्बन्धमा अध्यक्ष रानाले जिल्ला प्रशासन कार्यालयले विवाद टुंग्याइ प्रक्रिया अघि बढाउन दिएको निर्देशन बमोजिमै साधारणसभा र निर्वाचनको तालिका सार्वजनिक गरिएको बताउनुभयो । पुस्तकालयमा यसखाले विवाद आउनु लज्जास्पद भएकाले यसको समाधान आपसी समझदारीबाट हुनुपर्ने अधिकांश सदस्यको माग छ । (रासस)

ट्याग -  पुस्तकालय , विवाद

SUGGESTED ARTICLES

img
पुनर्निर्माणमा स्थानीय सरकारको सहभागितामा जोड

भूकम्पपछिको पुनर्निर्माणमा कार्यरत संस्थाका प्रतिनिधि, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, स्थानीय निकायका जनप्रतिनिधि र नागरिक समाजलगायतले पुनर्निर्माणमा स्थानीय सरकारको सहभागितामा जोड दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय योजना कार्यान्वयन एकाईअन्तर्गतको जिल्ला एकाईले आज गोदावरीमा आयोजना गरेको ‘भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी अभिमुखीकरण समीक्षा गोष्ठी’ कार्यक्रमका सहभागीले प्राधिकरणले


by RSS | Dec 10

img