mobile

मकैमा डाँठ कुहिने रोग

By RSS on Aug 12,2018 - 14:01

तुलसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ । डाँठ कुहिने रोगका कारण यहाँका किसानले लगाएको मकैबाली नष्ट भएको छ । सो क्षेत्रको पाँच बिघामा लगाइएको मकैमा डाँठ कुहिने रोग देखा परेको स्थानीयवासी कर्णबहादुर वलीले बताउनुभयो । भखरै फल्न थालेको मकै डाँठ कुहिने रोगले सखाप भएपछि किसान चिन्तित भएका छन् ।

किसानले तुलसीपुरका विभिन्न एग्रोभेटबाट कञ्चन र राजकुमार जातका मकैको बीउ लगाएका थिए । उहाँले भन्नुभयो, “पर्याप्त उत्पादन हुन्छ भनेर मकैको बीउ लगायौँ, डाठ कुहिने रोगले सखाप पा¥यो ।” स्थानीयवासी प्रवीन केसी, टेकबहादुर वली, शेरबहादुर वलीलगायतले साढे चार बिघा र कर्णबहादुर वलीको एक बिघाको मकैबाली नष्ट भएको छ । रोग लागेपछि मकैको डाँठ कालो हुने र कुहिँदै जान थाल्छ । तुलसीपुर कृषि शाखामा किसानले गुनासो गर्दैआएका छन् । समयमै माटो परीक्षण गरेर मकै लगाउँदा रोगबाट बच्न सकिने शाखा प्रमुख तिलक केसीले बताउनुभयो । (रासस)

ट्याग -  मकै , रोग

SUGGESTED ARTICLES

img
पेट्रोलियम पदार्थको मूल्य यथावत्

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।


by RSS | Mar 19

img