mobile

प्रदेशसभाको बैठक सोमबार

By RSS on Aug 12,2018 - 14:41

प्रदेश नं ३ को बैठक सोमबार बस्ने भएको छ । गत साउन ४ गतेदेखि प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले डा गोविन्द केसीले उठाएका विषय र सभामुख तथा उपसभामुख फरक दलको हुनुपर्नेलगायतका माग राखेपछि स्थगन भएको थियो । प्रदेशसभाको आज बस्ने कार्यव्यवस्था समितिको बैठकले सोमबारको बैठकमा केही विधेयक र मुख्यमन्त्री कार्यालयबाट भएको सार्वजनिक निर्णयको कार्यसूची पेश हुने प्रदेश सचिवलायका उपसचिव मोहन निरौलाले जानकारी दिनुभयो । (रासस)

ट्याग -  प्रदेशसभाको बैठक

SUGGESTED ARTICLES

img
समितिका सभापतिको निर्वाचन १२ दिनपछि

प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिनुभयो । बैठकमा उहाले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराउनुभयो । प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन् ।


by RSS | Today, 03:08 PM

img