mobile

विराटनगर महानगरपालिकामा विष्फोटन

By RSS on Aug 12,2018 - 17:45

विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा आज अपराह्न २ बजे अज्ञात व्यक्तिले बम विष्फोटन गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार उक्त विष्फोटनबाट महानगरपालिकाका झ्यालको सिसा फुटेको छ । प्रहरीले सुरक्षाका लागि महानगरपालिकाको विष्फोटन भएको स्थलमा जान रोक लगाई घेराबन्दी गरेको छ ।

उक्त वम विष्फोटन कसले, कुन प्रयोजन र कुन सामग्री प्रयोग गरी गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । प्रहरीले आवश्यक अनुसन्धानपछि घटनाबारे विस्तृत विवरण दिने जनाएको छ ।(रासस)

ट्याग -  विष्फोटन

SUGGESTED ARTICLES

img
ढोरपाटनमा यातायात अवरुद्ध

नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ । हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो । ढोरपाटन–सालझण्डकी खण्डको ढोरपाटन नगरपालिका–९ बोवाङको सडकमा हिउँ अझै पग्लेको छैन । हिउँ नपग्लदा बोवाङको फलियाघरदेखि माथिको बस्तीमा सडक यातयात पूर्णरुपमा बन्द भएको स्थानीयवासी कमल भण्डारीले जानकारी दिनुभयो ।


by RSS | Feb 22

img