mobile

लस्तीबजार जोखिममा

By RSS on Aug 15,2018 - 11:11

लस्ती खोलामा आएको बाढीका कारण लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । यहाँ करीब एक सय परिवारको बसोबास छ । हालसम्म दुवै वडाका २५ परिवार विस्थापित भएका जलजला– ८ का वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो । “दुवै वडाका १३१ घर बाढीबाट जोखिममा परेका छन्,” उहाँले भन्नुभयो । साउन एक गते यहाँ पहिरो र बाढीका कारण एक जनाको मृत्यु भएको थियो भने तीन घाइते भएका थिए । विस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् । बस्ती संरक्षणका लागि दिगो योजनाको आवश्यकता रहेको जलजला–७ वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो । तटबन्द निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताउनुभयो । कटानका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक जोखिममा छ ।(रासस)

ट्याग -  जोखिम

SUGGESTED ARTICLES

img
सात लाखको सामान बरामद

नेपाल प्रहरीले ठूलो परिणाममा भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले आज बिहान बुटवलबाट काठमाडौँ आउँदै गरेको लु २ ख २०११ नं को यात्रुबाहक बस जाँचका क्रममा रु सात लाख बराबरको भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो ।


by RSS | Apr 23

img