mobile

बाढीपीडितलाई खानेपानी सुविधा

By RSS on Aug 15,2018 - 11:29

बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ । व्याकवार्ड सोसाइटी एजुकेशन (वेस) बर्दियाले रु दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो । वेसले खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि पानीको सुनिश्चितता कार्यक्रमअन्तर्गत टेसनपुरमा खानेपानी योजना सम्पन्न गरेको हो । वाटरएड नेपालको सहयोग तथा वेसको आयोजनामा बाढीपीडितका लागि खानेपानीको दुईवटा धारा निर्माण गरेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्राविधिक धनजीत सिकर्मीले जानकारी दिनुभयो । (रासस)

ट्याग -  खानेपानी सुविधा

SUGGESTED ARTICLES

img
मृत्यु संस्कार छोट्याउँदै  

आफ्नो परिवारभित्रको सदस्यको मृत्युपश्चात् मृतकको परिवारजनले काजकिरिया गर्छन् । आआफ्नै जातीय परम्पराअनुसार काजकिरिया गर्ने परम्परा छ ।  मृत्यु संस्कार भनेको मृतकप्रति श्रद्धापूर्वक गरिने सम्झना एवं मृतकको आध्यात्मिक यात्राको लागि परिवारका सदस्यबाट गरिने कामना तथा शुभेच्छा हो ।


by Anu Rana | Nov 19

img