mobile

वाणिज्य बैंकको ऋण लगानी शून्य

By RSS on Aug 15,2018 - 17:44

 गण्डकी प्रदेशअन्तर्गत पूर्वीनवलपरासीको त्रिवेणीमा अवस्थित राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाले स्थापना भएदेखि हालसम्म एक वर्षको अवधिमा एक रुपैयाँ पनि ऋण लगानी गरेको छैन । 

द्वन्द्वकालमा विस्थापित भई तत्कालीन बर्दघाट शाखामा गाभिएको तत्कालीन त्रिवेणी शाखा पुनः २०७४ असार २९ नयाँ शाखाको रुपमा त्रिवेणीमा पुनःस्थापना भएको थियो । 

यद्यपि नयाँ शाखाको रुपमा त्रिवेणीमा स्थापना भएदेखि हालसम्म ऋण लगानी शून्य रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाका प्रबन्धक केशवकान्त पौडेलले जानकारी दिनुभयो । 

पौडेलका अनुसार राष्ट्रिय वाणिज्य बैंकको नियमानुसार रहेर ऋण माग गर्नेको सङ्ख्या निकै कम आउने र माग गरेपनि नियमभन्दा बाहिर रहेर माग गरिएकाले ऋण लगानी नभएको र हालसम्म शून्य रहेको छ । 

बैंकको उद्देश्यअनुसार प्राप्त औद्योगिक क्षेत्र नहँुदा ऋण माग गर्नेको सङ्ख्या छैन । यस बैंक विशेष गरी पूर्वीनवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६, ७, पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकाका सेवाग्राहीलाई पायक पर्ने स्थानमा छ । 

समयसापेक्ष आवश्यकतालाई महशुस गरी उचित स्थान वा बजारमा यस बैंकको शाखा कार्यालय नहँुदा बैंकको गतिविधि र काम अन्य शाखाको तुलनामा निकै कम रहेको शाखा प्रबन्धक पौडेलको भनाइ छ । 

यस बैंकमा निकै भीड हुने सिजन जेठ, असारमा पनि दैनिकरुपमा ३० देखि ४० जना र अन्य समयमा २० देखि ३० जनासम्म मात्र सेवाग्राही आउने गरेका छन् । यस बैंकमा चार जना कर्मचारी रहेका छन् ।

ट्याग -  वाणिज्य बैंक

SUGGESTED ARTICLES

img
एक्काइस कम्पनीको रु तीन अर्बको शेयर बिक्रीको तयारी

विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ ।


by RSS | Nov 12

img