mobile

गाँजाका बोट फडानी

By RSS on Aug 17,2018 - 13:08

लागूऔषध बनाउनका लागि जिल्लाका विभिन्न ठाउँमा एक हजार २८५ रोपनी जमीनमा लगाइएका गाँजाको बोट फडानी गरिएको गरिएको छ । जिल्ला प्रहरी कार्यालयलका अनुसार यही साउन २५ देखि २९ गतेसम्म ताराखोला, निसीखोला र बडीगाड गाउँपालिकाभित्र लाइएका गाँजाको बेट फडानी गरिएको हो । ताराखोला गाउँपालिकाका पाँचै वडामा गरी २८५ रोपनी,मा निसीखोला गाउँपालिका–६ को ६५० रोपनी, बडीगाड गाउँपालिका–८ को ३८५ रोपनी जमीनमा लागाइएको गाँजा इलाका प्रहरी कार्यालय ताराखोला, भिमगिठे र बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले फडानी गरी जलाएर नष्ट गरेको प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । फडानीका क्रममा यसअघि गाँजा लगाइने ठाउँमा अन्नबाली लगाएको पाइएको उहाँको भनाइ थियो ।

प्रहरीका अनुसार वर्षेनी फडानी गर्दा र सचेत गराउँदा पनि स्थानीयवासीले गाँजा बनाउने उद्देश्यले ठूलो मात्रामा भाँगो खेती गर्न छोडेका छैनन् । जिल्लाको पश्चिम क्षेत्रमा अवैधरूपले गाँजाको उत्पादन, बेचबिखन र ओसारपसार बढी हुने गरेको छ ।(रासस)  

ट्याग -  फडानी

SUGGESTED ARTICLES

img
चलचित्र निर्माता धिमालको निधन

निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गर्नुभएको छ । विसं २००३ मा काठमाडौँको आलापोटमा जन्मनुभएका धिमाल निधनअघिसम्म


by RSS | Nov 12

img