mobile

क्यान्सर अस्पतालमा बिरामीको चापमा वृद्धि

By RSS on Aug 17,2018 - 14:57

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार सेवा लिन आउने बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । अस्पताल प्रमुख क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार सेवा प्रारम्भ गरेको डेढ महिनाको अवधिमा ५२२ जनाको उपचार भएको छ । सरकारीस्तरबाट राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो । असार ९ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेपछि अस्पताल सञ्चालनमा आएको हो । अस्पतालले हालका लागि बहिरङ्ग सेवाअन्तर्गत बिरामी जाँच, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवामात्र दिन सकेको छ । दशैँअघिदेखि बिरामी भर्ना गरेर थप उपचार सेवा दिने अस्पतालको लक्ष्य छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्याबाट आफ्नो सेवा प्रारम्भ गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कक्षपतिका अनुसार अस्पताल निर्माणमा अहिलेसम्म रु ३५ करोड खर्च भइसकेको छ । यो अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका नागरिकलाई शुरुआती चरणको उपचार सेवा लिन भरतपुर, काठमाडौँ जानुपर्ने बाध्यता पनि टरेको छ ।(रासस)

ट्याग -  बिरामीको चाप

SUGGESTED ARTICLES

img
एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ । 


by RSS | Today, 01:57 PM

img