mobile

सुनको सिन्डिकेट खारेजको माग गर्दै चितवनका सुन व्यवसायी आन्दोलनमा

By Anu Rana on Aug 23,2018 - 09:46

 आफुहरुले मागे जति सुन नदिएको भन्दै चितवनका सुन व्यवसायीहरुले दुई दिनका लागि व्यापार बन्द गरेका छन् । तीज, दशैं तिहार लगायत सुनको बढी कारोबार हुने समयमा राष्ट्र बैंकले आफुलाई झारा टार्ने हिसाबले सुन दिने गरेको भन्दै चितवनका सुन चाँदी व्यवासायीले विरोध स्वरुप मंगलबार र बुधबार सम्मको  लागि कारोबार नै बन्द गरेका हुन् ।

हाल चितवनमा दिनकै  २ किलो  सुनको कारोबार हुने गरेपनि राष्ट्र बैंकले हप्तामा २ किलो मात्रै दिने गरेको, सुनचाँदी व्यवासायी महासंघ चितवनका अध्यक्ष जीवनज्योती सदाशंकरले गुनासो गरे । उपभोक्ताको माग अनुसार कसरी सुनको पूर्ती गरिएको छ भन्नेबारे चाहिँ उनी अनकनाए ।

सरकारसँग पटक–पटक आवश्यक सुन उपलब्ध गराउन आग्रह गरिए पनि सुनुवाइ नभएको विज्ञप्तिमा उल्लेख छ । चाडपर्वको समयमा सुनको माग बढेकाले सरकारलाई दबाब दिन सुन पसल बन्द गर्नु परेको सङ्घले जनाएको छ ।

 “पर्याप्त मात्रामा सुन नआएकाले ग्राहकलाई उपलब्ध गराउन सक्ने अवस्था छैन,” विज्ञप्तिमा भनिएको छ । जिल्लामा करीब पाँच सय सुनचाँदी पसलमा सातामा पाँच किलो सुनका गरगहनाको माग हुने गरेपनि नेपाल राष्ट्र बैंकमार्फत दुई किलो मात्र सुन आउने गरेको व्यवसायीले बताएका छन् ।

 चितवनमा सुन दिन राष्ट्र बैंकले सिण्डीकेट लगाउँदै अरु जिल्ला भन्दा कम वितरण गर्ने गरेको उनको आरोप छ । चितवनभर व्यापार बन्द गर्दा दैनिक २ किलो सुनको कारोबार रोकिने सदाशंकरको भनाइ छ । चितवनमा सुनको कोटा बढाउन माग गर्दै उनीहरुले आज प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत मार्फत गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादव सहित भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई पनि ज्ञापन पत्र बुझाएका छन् ।

चितवनका सुन व्यापारीले बुधबार चितवनको टाँडी, पर्सा सहित रामपुर, माडी क्षेत्रका सुन व्यवसायी र कालिगढ सहितको बिरोध र्‍याली निकाल्ने तयारी गरेका छन् । हाल चितवनमा करीब ५ सय सुन व्यवसायी छन् भने ती सुन पसलमा २ हजार बढी कालीगढ र कामदार छन् ।

 सुन व्यवासायी महासंघको तथ्यांक अनुसार हाल मुलुकभर दैनिक ३५ किलो सुनको माग छ । राष्ट्र बैंकले भने हाल दैनिक २० किलो सुन उपलब्ध गराउँदै आएकोमा ३० किलोसम्म दिन सकिने आश्वासन दिएको, महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानुराज शाक्यले जानकारी दिए ।

ट्याग -  सुनको सिन्डिकेट खारेजको माग , सुन व्यवसायी आन्दोलनमा

SUGGESTED ARTICLES

img
शेयर बजार : दुई अङ्कले घट्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ ।


by RSS | May 16

img