mobile

प्रत्येक वडामा फ्रि वाइफाइ

By RSS on Aug 30,2018 - 12:22

बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको बताइएको छ ।

उक्त गाउँपालिकाको कार्यालयमा गत वर्ष नै इ–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गरिएको छ । कार्यालयको सबै कामलाई पारदर्शी ढङ्गले अगाडि बढाउन आधुनिक प्रविधिको प्रयोगमा गाउँपालिकाले जोड दिएको छ । यस्तै उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, इ–हाजिरी, इ–पुस्तकालय र प्रोजेक्टरका साथै फ्रि इन्टरनेटका लागि निरन्तरता दिएको छ । (रासस)

ट्याग -  फ्रि वाइफाइ

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img