mobile

अध्ययनका लागि विदेशिने विद्यार्थीको डरलाग्दो तथ्यांक, 

By Anu Rana on Sep 02,2018 - 09:33

 अध्ययनका लागि बार्षिक विदेश जानेको संख्यामा व्यापक वृद्धि भएको छ । गत बर्ष ३८ हजार  नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक गएका थिए । गत बर्षका तुलनामा यो बर्ष निकै बढी विदेशिएका छन् । यो बर्ष ५६ हजार  नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेशिएका छन् ।विदेशमा अध्ययनका लागि भन्दै वार्षिक १ खर्ब २५ अर्ब रुपैयाँबराबरको रकम विदेशिने गरेको पाइएको छ ।

देशभित्र गुणस्तरीय शिक्षाको अभाव, बन्द हड्ताल तथा राजनीतिक रुपमा हरेक क्षेत्रमा जकडिएका समस्याका कारण ठूलो परिमाणको रकम विदेशिने गरेको सरकारी तथ्यांकले देखाएको हो । देश हरेक क्षेत्रमा परनिर्भर भइरहेको बेला शिक्षा क्षेत्रमा नै नेपालीको पैसा विदेशिएपछि त्यसले दुई फरक प्रभाव समेत पारेको छ ।

 एउटा प्रभाव दक्ष जनशक्ति विदेशिदा देशभित्र जनशक्तिको अभाव हुन पुगेको छ भने मोटो रकम विदेशिदा त्यसले भुक्तानी सन्तुलनदेखि अन्य आर्थिक क्षेत्रमा समेत प्रभाव पारेको छ ।

शैक्षिक परामर्शदाता संस्थाहरूको अनुमानमा उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरूका कारण वर्षेनी सवा खर्ब रूपियाँको हाराहरीमा रकम विदेशीएको देखिन्छ । सरकारले स्वदेशमा नै दक्ष जनशक्ति उत्पादन गर्ने भन्ने निर्णय गरेको बताए पनि नागरिकले त्यसलाई विश्वास गर्न सकेका छैनन् । विशेषगरी नेपालभित्र मेडिकल कलेज खोल्न नदिने, खोलेका कलेजसमेत दक्ष र गुणस्तरीय नहुने जस्ता समस्याका कारण मोटो रकम विदेशिएको हो ।

 उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढेर, गएको एक वर्षमा मात्रै ५८ हजार विद्यार्थी विदेशका विभिन्न कुनामा पुगेका छन् । विद्यार्थी विदेशिएसँगै मुलुकको सवा खर्ब रकम समेत डलरमा रुपान्तरित भएर विदेश पुगेको छ । त्यसले डलर सञ्चितीलाई घटाउनसमेत मद्दत गरेको छ ।

शिक्षा मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उच्च शिक्षा अध्ययनका लागि ५८ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।

 गत वर्ष ५० हजार ६ सयले त्यस्तो अनुमति लिएका थिए । अघिल्लो वर्ष भन्दा गत वर्ष करिब आठ हजार थप विद्यार्थी विदेशिएका छन् ,सो भन्दा अघिल्लो वर्ष ३२ हजार ५ सय विद्यार्थी विदेश अध्ययनका लागि भन्दै गएका थिए । शिक्षा मन्त्रालयका अनुसार हरेक दिन दुई सय विद्यार्थी विदेश अध्ययनका लागि अनुमति लिन्छन् । त्यसमा पछिल्लोपटक अध्यनयको नाममा विदेशिने र उतै हराउने क्रम पनि बढेको छ ।

शिक्षा मन्त्रालयका अनुसार उच्च शिक्षा अध्ययनका लागि गएका नेपाली विद्यार्थी करिब ८० देशमा पुगेका छन् ।पछिल्लो दिनमा काम पनि पाइने, पढाई पनि हुने भन्दै जापान जाने विद्यार्थीको संख्या उल्लेख्य बढेको छ । पछिल्लो पाँच वर्षमा मात्रै जापानमा करिब ३० हजार बराबर नेपाली अध्ययनका नाममा पुगेका छन् ।

त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा अष्ट्रलियाको रहेको छ । विदेश जानेमध्ये धेरैको रोजाई अर्थात शिक्षा मन्त्रालयकै तथ्यांकलाई मान्ने हो भने ६० प्रतिशत विद्यार्थी अष्ट्रेलिया पुगेका छन् ।

जापान, भारत, अमेरिका, चीन, पोल्यान्ड, क्यानाडा, दक्षिण कोरियालगायतका देशमा पनि नेपाली विद्यार्थीको संख्या ठूलो रहेको छ ।

शिक्षा मन्त्रालयका अनुसार अनुमति नलिइ भारत जानेको संख्या अझै ठूलो भए पनि सरकारी अभिलेखमा उल्लेख रहेको छैन । भारत गएका विद्यार्थीको समेत तथ्यांक राख्ने हो भने करिब ९० हजार विद्यार्थी वार्षिक रुपमा विदेशिने गरेका छन् ।

 स्वदेशमा गुणस्तरीय शिक्षाको कमी, राजनीतिक अस्थिरता, रोजगारीको अवसर नहुनु लगायत कारणले विदेशिनु परेको दाबी विद्यार्थीले गरेका छन् । त्यसमा अभिभावकको मत पनि विद्यार्थीको जस्तै छ । दक्ष शिक्षाका लागि कोही कसैलाई पनि रोक्न नकिने भएकाले वर्षेनी ठूलो परिमाणमा नेपाली मुद्रा डलरमा परिणत भएर विदेशिएको छ ।

विद्यार्थी विदेशिने बढ्दो क्रमसँगै ठूलो रकम पनि बाहिरिँदा त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने गरेको छ । प्रतिविद्यार्थी औसत २० लाखका दरले वर्षेनी सवा खर्व रुपैयाँभन्दा बढी रकम विदेशिएको शिक्षा मन्त्रालयले जनाएको छ । यति ठूलो आर्थिक मूल्य र उम्दा युवा शक्ति गुमाउने क्रम रोक्ने हो भने स्वदेशमै गुणस्तरीय शिक्षाको अवसर, शिक्षाका लागि उचित वातावरण र रोजगारीको सुनिश्चितता गर्न जरुरी छ । तर, नेपामला शिक्षा र स्वास्थ्यको विषयमा सधै चरम राजनीतिको शिकार भएका कारण तत्काल नै यसै भन्ने अवस्था नरहेको बताइन्छ ।

ट्याग -  अध्ययनका लागि विदेशिने , उच्च शिक्षा अध्ययन , जापान , भारत , अमेरिका , चीन ,

LATEST NEWS

SUGGESTED ARTICLES

img