mobile

बालिका बलात्कार गर्ने जेल चलान

By RSS on Sep 06,2018 - 17:25

जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुई जनालाई आज जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का काजी भनिने मानबहादुर बोहोरा र १३ वर्षीय बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय कान्छा भनिने भवनी कट्टेललाई कैदसँगै क्षतिपूर्ति तोकेको हो । बोहोरालाई करणीमा १० वर्ष र हाडनातामा १ वर्ष गरी ११ वर्ष कैदसहित रु ७५ हजार क्षतिपूर्तिको फैसला गरिएको हो भने कट्टेललाई ८ वर्ष कैद र रु ७५ हजार क्षतिपूति तोकिएको छ । बोहोराले गत जेठ ६ गते, कट्टेलले जेठ २० गते बालिकालाई करणी गरेको प्रहरीले जनाएको छ । दुबै जनालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलासले कैद तथा जरिवाना तोकेको हो । (रासस)

ट्याग -  जेल चलान

SUGGESTED ARTICLES

img
जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध ः मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री महासेठले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाअघि सारेको चर्चा गर्नु भयो ।


by RSS | Apr 21

img