mobile

प्रशासकीय कार्यविधि विधेयक पारित

By RSS on Sep 10,2018 - 18:13

प्रदेश नं १ को प्रदेशसभामा आज बसेको बैठकले प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । सो विधेयक सम्बन्धमा प्रदेशसभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली, २०७४ बमोजिम प्रशासकीय कार्यविधि(नियमित) गर्न बनेको विधेयक, २०७५ प्रदेशसभामा अङ्ग बनोस् भनी प्रस्ताव गर्नुभएको थियो । प्रदेशसभाको आजको बैठकमा शून्य समयमा भाग लिँदै प्रदेशसभा सदस्य कृष्णकुमारी राईले वैदेशिक रोजगारमा जाने महिलालाई श्रम स्वीकृति नदिएको कारण महिलाहरु वैकल्पिक बाटो अपनाएर जाने गरेकाले प्रदेश सरकारमार्फत केन्द्रीय सरकारको ध्यानाकर्षण गराउनुभयो । (रासस)

ट्याग -  कार्यविधि विधेयक

SUGGESTED ARTICLES

img
‘मङ्सिर अन्तिमसम्ममा पार्टी एकता’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिनुभयो । इलाम सदरमुकाममा आज आयोजित चियापान समारोहमा खनालले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको बताउनुभयो ।


by RSS | Nov 12

img