mobile

शेयर बजारमा गिरावट

By RSS on Sep 10,2018 - 18:20

धितोपत्र बजार आज पनि पुनःओरालो लागेको छ । आइतबार दोहारो अङ्कले घटेको बजार आज ८.१ बिन्दुले घटेर एक हजार २१० मा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले घटेर २५६.१६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६२ कम्पनीको ११ लाख ५९ हजार २७२ कित्ता शेयर रु २७ करोड ७४ लाख २२ हजार ९६७ मूल्यमा खरिद बिक्री भएको छ ।

दुई उपमूहको शेयर बढ्दा अरु उपसमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन २४.६८ र माइक्रोफाइनान्स १३.३१ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ९.६३, होटल ४५.९५, विकास बैंक १०.२८, जलविद्युत् १०.७५, फाइनान्स ३.३२, निर्जीवन बीमा ५८.५९, अन्य ३.६७ र जीवन बीमा २०.१८ बिन्दुले घटेको छ ।(रासस)

ट्याग -  शेयर बजार

SUGGESTED ARTICLES

img
एक्काइस कम्पनीको रु तीन अर्बको शेयर बिक्रीको तयारी

विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ ।


by RSS | Nov 12

img