mobile

सौर्य विद्युत्मा स्थानीयवासीलाई शेयर

By RSS on Sep 11,2018 - 11:54

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट उत्पादन गर्न लागिएको विद्युत्मा स्थानीयवासीलाई शेयर दिइने भएको छ । 

सोलार फर्म प्रालिले स्थानीयवासीलाई रु २० करोडको शेयर वितरण गर्ने तयारी गरेको छ । कम्पनीका प्रबन्धक तिलबहादुर आलेले कम्पनीमा स्थानीयवासीका साथै गैरआवासीय नेपालीको समेत शेयर रहने बताउनुभयो । गैरआवासीय नेपालीलाई रु २० करोड तथा संस्थापकलाई रु १० करोडको शेयर उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । करीब रु ५० करोड लागतको पाँच मेगावाट क्षमताको उक्त आयोजनामा विद्युत् उत्पादन गर्न २३ हजार प्यानल राखिनेछ । आयोजनाबाट वार्षिक ९० लाख युनिट विद्युत् उत्पादन हुने आले बताउनुहुन्छ । उक्त विद्युत् खरीदका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइसकेको छ । 

कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले आगामी २०७६ साल भदौ महिनाभित्र विद्युत् उत्पादन गर्ने योजना रहेको बताउनुभयो । “छिट्टै काम शुरु हुन्छ,” उहाँले भन्नुभयो । सोलारबाट उत्पादित विद्युत्लाई ग्रिड प्रणालीबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । सो कम्पनीले भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएको छ । कम्पनीले क्याम्पसलाई वार्षिक रु १३ लाख भाडा तिर्नेछ । सोलार विद्युत् खरीदका लागि प्राधिकरणसँग प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले २५ वर्षसम्म विद्युत् खरीद गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ ।(रासस) 

ट्याग -  शेयर

SUGGESTED ARTICLES

img
धेरै कर बुझाए बापत घोराही सिमेन्ट उद्योग सम्मानित  

सरकारले सात बर्ष अघि देखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । सातौ राष्ट्रिय कर दिवस २०७५ का अबसरमा दाङको घोराही सिमेन्ट उद्योग समय मै र सबै भन्दा धेरै कर तिर्ने उद्योगका रुपमा सम्मानित भएको छ ।  सातौं कर सप्ताहका अवसरमा शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा उद्योगलाई सम्मान गरिएको हो ।


by Anu Rana | Nov 19

img