mobile

धानबाली नष्ट

By RSS on Sep 13,2018 - 13:23

जङ्गली हात्तीको झुण्डले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा धानबाली नष्ट गरेको छ । हात्तीको झुण्डले स्थानीयवासी दिलबहादुर चौधरीको घरसमेत भत्काएको छ । हात्तीले भण्डारण गरेर राखेको सबै अन्न खाएको छ । घर भत्काउन थालेपछि स्थानीयवासी भागेका थिए । “रातभर आगो बालेर र हो–हल्ला गरी घर जोगायौँ,” स्थानीयवासी नरबहादुर ढुङ्गेलले भन्नुभयो, “ज्यान जोगाउन मुश्किल भएको छ ।” 

बर्सेनी जङ्गली हात्तीले अन्नबाली नोक्सान गर्दै आएको छ । निकुञ्जसँग जोडिएका बस्तीका बासिन्दाले छिमेकी गाउँमा शरण लिनुपरेको छ । तारापुर शिविरमा निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवार बस्दै आएका छन् । 
हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवामा ६ बिघामा लगाएको धानबाली नष्ट गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनुभयो । हात्तीको बथानले गर्जमनीका वासुदेव भट्ट, दिनेश भण्डारी, रामसिंह साउँद, भवराज निरौला, मीनबहादुर रावल, अर्जुनदेव भट्टलगायतका किसानको धानबाली नष्ट गरेको छ । 

“हात्तीको बथान मध्यरातमा गाउँ पस्ने गरेको छ,” गर्जमनीका वासुदेव भट्टले भन्नुभयो । निकुञ्जका हात्तीले प्रत्येक वर्ष धानबाली नष्ट गर्दै आएको छ । “ भित्र्याउने बेला जङ्गली जनावरले अन्नबाली खाइदिन्छ, हामीले सधैँ बजारबाट अन्न खरीद गर्नुपर्ने बाध्यता छ”, भट्टले भन्नुभयो । निकुञ्जसँग जोडिएका बस्तीमा हात्तीले बर्सेनी अन्नबाली नष्ट गर्दै आएको छ ।  (रासस)

ट्याग -  धानबाली

SUGGESTED ARTICLES

img
जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद

उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो । सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी


by RSS | Today, 12:50 PM

img