mobile

मुक्तिनाथमा केबलकार सञ्चालन गर्ने  

By Anu Rana on Sep 14,2018 - 15:21

लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रा लि बीच वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकार सञ्चालन गर्नेबारे समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट लगानी बोर्डका कार्यकारी अध्यक्ष महाप्रसाद अधिकारी तथा मुक्तिनाथ दर्शन प्रा लिका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदीले हस्ताक्षर गर्नुभएको थियो ।

कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म ८३ किलोमिटर केबल कार निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरेका हुन् ।

 हस्ताक्षरपछि लगानी बोर्डले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त परियोजनाका लागि ३५ करोड अमेरिकी डलर (हालको मूल्यमा ३९ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

 केबल कारको उक्त ८३.६५ किलोमिटर लाइनमा ६ वटा स्टेसन रहने विज्ञप्तिमा उल्लेख छ । यसअनुसार वीरेठाँटी–घोरेपानी, घोरेपानी–तातोपानी, तातोपानी–लेते–मार्फा, लेते–मार्फा–जोमसोम, जोमसोम–कागबेनी र कागबेनी–मुक्तिनाथखण्डमा स्टेसन निर्माण हुनेछ ।

कम्पनीले आजैका मितिका देखि १८ महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डसमक्ष पेश गर्नुपर्ने छ ।

अहिलेसम्म नेपालमा भएका भन्दा धेरै लामो दूरीको हुने यो परियोजनामा ६ वटा स्टेशन रहनेछन् । ती स्टेशनहरुलाई वीरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी्, तातोपानीदेखि लेते मार्फा ट्रान्जिटदेखि जोमसोम, जोमसोमदेखि कागवेनी र कागवेनीदेखि मुक्तिनाथसम्म गरी छुट्याइएको छ ।

समझदारी पत्रमा बुधबार बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरेका हुन् । वैशाख १५ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले कम्पनीको केबलकार निर्माण गर्ने प्रस्तावलाई स्वीकृत गरेको थियो । समझदारीअनुसार कम्पनीले १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ ।

 

 

ट्याग -  मुक्तिनाथमा केबलकार सञ्चालन

SUGGESTED ARTICLES

img
शहीदप्रति श्रद्धाञ्जलि र मुलुकप्रति सम्मान

शहीदप्रति श्रद्धाञ्जलि र राष्ट्रप्रति सम्मान भाव प्रकट गरी संविधान दिवस मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रमका सहभागीले नेपालमा लोकतान्त्रिक संविधान प्राप्तिको आन्दोलनमा जीवन आहुति दिने शहीदको तस्बीरमा पुष्पगुच्छा अर्पण गरेका थिए । कार्यक्रममा प्रदेश नं ५ प्रदेशसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक सांसद सुरेन्द्रबहादुर हमालले शहीदले कल्पना गरेको शान्त र समृद्धशाली मुलुक


by RSS | Sep 19

img