mobile

असोज १२ देखि सुपथ मूल्य पसल  सञ्चालनमा आउने,

By Anu Rana on Sep 14,2018 - 15:20

ठूला चाडपर्व दसैँ, तिहार र छठ नजिकिँदै गर्दा उपभोक्तालाई लक्षित गरेर सरकारले आगामी असोज १२ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी थालेको छ । मुख्य चाडपर्वका समयमा बजारमा हुने उपभोग्य वस्तुको मूल्यवृद्व र कालोबजारीलाई दृष्टिगत गर्दै सरकारले प्रत्येक वर्ष यस्तो सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । नेपाल खाद्य संस्थानको अनुसार यसपटक उपत्यकाका विभिन्न  स्थानमा सुपथ मूल्य पसल राख्ने तयारी भएको छ ।

सरकारले प्रमुख चाड पर्वलार्इ लक्षित गर्दै विभिन्न ५० भन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। चाडपर्वमा उपभोक्तालार्इ दैनिक उपभोग्य वस्तुमा राहत दिन असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म सुपथ मूल्य पसल संचालन गर्न लागिएको हो।

 मंगलबार उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले नागरिकलार्इ सस्तो मूल्यमा गुणस्तरीय सामान दिनका लागि सुपथ मूल्य पसल संचालन गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए।

सुपथ मूल्य पसलमा सरकारीतर्फबाट नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकासलगायतका संस्थानहरुले प्रति केजी मोटा चामल ५ रुपैयाँ, चिनीमा प्रति केजी ५ रुपैयाँ, खसी वोका च्याङग्रामा १० रुपैयाँ, नुनमा २ रुपैयाँ, डिडिसी घ्यूमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिर्इ सामान बेच्नेछन्।

त्यसैगरी निजी क्षेत्रको उत्पादक, वितरक, थोक खुद्रामा व्यापारीसँग असोज पहिलो साता वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागमा बैठक बसी कुन वस्तुमा केकति छुटमा बिक्री गर्न सकिन्छ भन्ने निर्णय गर्ने तयारी पनि सरकारले गरेको छ।

ट्याग -  असोज १२ देखि सुपथ मूल्य , पसल  सञ्चालनमा आउने ,

SUGGESTED ARTICLES

img
एक्काइस कम्पनीको रु तीन अर्बको शेयर बिक्रीको तयारी

विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

by RSS | Nov 12

img