mobile

बुद्धिचाल प्रतियोगिता

By RSS on Sep 17,2018 - 13:00

नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिताको संयोजक एवं भक्तपुर चेस क्लबका अध्यक्ष राजकुमार लघुले कमलविनायकस्थित बक्सिङ हलमा मङ्गलबार र बुधबार प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो । उक्त प्रतियोगितामा १४ जिल्लाका ६८ खेलाडीको सहभागिता रहने छ । 

प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोेलाई रु १० हजार, तेस्रोलाई रु छ हजार, चौथोलाई रु चार हजार तथा पाँचौँ हुनेलाई रु दुई हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने सङ्घका अध्यक्ष मीनबहादुर बाटाले बताउनुभयो । (रासस)

ट्याग -  बुद्धिचाल प्रतियोगिता

SUGGESTED ARTICLES

img
रामपुर उपत्यकामा प्याराग्लाइडिङ

पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान गरिएको छ । प्याराग्लाइडिङले प्रचुर सम्भावना बोकेको रामपुर नगरपालिका–७ स्थित बाहुनडाँडामा सोमबार सफल परीक्षण उडान गरिएको हो । रामपुर नगरपालिका–७ को बाहुनडाँडा र पूर्वखोला गाउँपालिका–१ सिलुवाको लोस्दीबाट परीक्षणका रुपमा १६ प्याराग्लाइडिङ उडान गरिएको थियो । पहिलो उडान बााहुनडाँडाबाट थालेर किसानबारी खेलमैदानमा अवतरण गराइएको थियो ।


by RSS | Jan 15

img