mobile

जानकी मन्दिर सौन्दर्य अभिवृद्धि योजना

By RSS on Sep 18,2018 - 16:58

प्रदेश नं २ को सरकारले जानकी मन्दिर सौन्दर्य अभिवृद्धि गर्ने योजना अघि बढाएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो मन्दिरको सौन्दर्य अभिवृद्धि योजना अघि सारिएको हो । पहिलो चरणमा रू सात करोड खर्च लाग्ने योजना बनाइएको छ । 

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रकाअनुसार केही दिनभित्रै ठेक्का प्रक्रियामा लाने तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “लागत खर्च तयार र ढाँचा तयार भइसकेको छ, जानकी मन्दिरसँग सम्झौता लगत्तै बोेलपत्र आह्वान प्रक्रियामा जान्छ ।  (रासस)

ट्याग -  जानकी मन्दिर

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img