mobile

जानकी मन्दिर व्यवस्थापनका लागि ७ करोड  

By Anu Rana on Sep 19,2018 - 12:14

ऐतिहासिक धार्मिकस्थल जनकपुरधामस्थित जानकी मन्दिरलाई सौन्दर्यकरण गर्ने तयारी गरिएको छ । ७ करोड रुपैया खर्च गरेर यसलाई थप सौन्दर्यकरण गरिने भएको छ । जसका लागि प्रदेश—२ को सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत जानकी मन्दिर परिसरमा पर्यटकीय आकर्षणका लागि ७ करोड रुपमा खर्च प्रदान गर्ने भएको छ ।

जसबाट मन्दिरको भौतिक संरचना निर्माण गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रतिक्षामा रहेको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर परिसरमा स्वच्छ, सुन्दर, रमणीय स्थलहरुको निर्माण, सरसफाइ, बगैंचा निर्माण गरी हरियाली बनाउने मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री लालबाबु राउतले दक्षिण एसियाका हिन्दूहरुको आस्थाको केन्द्र, पवित्र धार्मिकस्थल जनकपुरधामलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको रुपमा विश्वभर चिनाउन मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यकरण परियोजना शुरु गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले दक्षिण एसियाका हिन्दूहरुको आस्थाको केन्द्र, पवित्र धार्मिकस्थल जनकपुरधामलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको रुपमा विश्वभर चिनाउन मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यकरण परियोजना शुरु गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

हरेक वर्ष लाखौंको संख्यामा दर्शनार्थी, श्रद्धालु भक्तजनहरु जानकी मन्दिरमा पूजाआजा गर्न आउने गरेकाले थप व्यावस्थापन गर्न लागेको मुख्यमन्त्री राउतको प्रस संयोजक आतिश मिश्रले बताउनुभयो । उहाँका अनुसार मन्दिर परिसरमा चारैतीर ग्रेनाइट लगाउने र रङ्गीचङ्गी बनाउनका लागि लागत स्टमेट समेत तयार भइसकेको छ ।

मुख्यमन्त्री स्वच्छता अभियानको पहिलो चरणमा ७ करोड रुपौयाँ लगानीमा भौतिक संरचना निर्माण गरेपछि विश्वभरका पर्यटकलाई कम्तिमा एकपटक जनकपुरधाम आउने वातावरण सिर्जना गर्ने लक्ष्य रहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्दिरको भौतिक संरचना निर्माण र व्यवस्थापनको लागि केही दिनभित्रै टेण्डर प्रक्रिया शुरु हुने प्रेस संयोजक मिश्रले बताउनुभयो । यसअघि गैर आवाशीय नेपाली संघ एनआरएनले जानकी मन्दिरलाई उज्यालोयुक्त बनाउन लाइटिङ सिस्टमको लागि ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने मन्दिर व्यावस्थापनसँग सम्झौता गरी काम सुरु गरिससकेको छ । एनआरएनले मन्दिरभित्र चारैतीर अत्याधुनिक बत्ती जडान गर्न लागेको छ ।

ट्याग -  ऐतिहासिक धार्मिकस्थल , जानकी मन्दिरलाई सौन्दर्यकरण

SUGGESTED ARTICLES

img
सडक दुर्घटनामा मृत्यु

गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।


by RSS | Oct 15

img