mobile

काठमाडौंमै २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार,   

By Anu Rana on Sep 19,2018 - 19:56

राजधानीको नागार्जुन नगरपालिका–७ भिमढुङ्गा, स्युचाटारमा सामुहिक बलात्कार प्रयास भएको छ । काठमाडौँमै फेरि  २१ वर्षीय एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन् ।सामूहिक बलात्कार गर्ने तीन जनालार्इ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको कालिमाटीस्थित महिला तथा बालबालिका सेलले बलात्कार आरोपमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका-८, मजुवा बस्दै आएका ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल सञ्चालक ४० वर्षीय रामकृष्ण नगरकोटीलार्इ पक्राउ गरेको छ ।

अभियुक्तहरुले ललाईफकाई रामकृष्ण नगरकोटीले सञ्चालन गरेको होटलमा महिलालाई लगेर सामुहिक बलात्कारको प्रयास गरेका थिए । स्थानीयको अवरोधपछि जबर्जस्ती करणी उद्योगमा संलग्नहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ

उनी सोमबार स्यूचाटारबाट बेपत्ता भएको उजुरी परेपछि प्रहरीले खोजतलास गरेको थियो । त्यसक्रममा उनलाई होटलबाट उद्दार गरिएको थियो ।

ट्याग -  सामूहिक बलात्कार ,     २१ वर्षीया युवती

SUGGESTED ARTICLES

img
सडक दुर्घटनामा मृत्यु

गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।


by RSS | Oct 15

img