mobile

 प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड

By Anu Rana on Sep 19,2018 - 19:49

 चन्द्रपुर नगरपालिका वडा  नं .६ बजार टोलकी १८ वर्षीया सम्झनाकुमारी दासले रामबाबु पासवानको प्रेम प्रस्ताव अस्वीकर गर्दा एसिडको सिकार बन्न पुगेकी हो । छिमेकी ठूला बुबा पर्ने ५० वर्षीया रामबाबु पासवानले पटक–पटक प्रेम प्रस्ताव राखे पनि सम्झनाले अस्वीकार गर्दै आएकी थिइन् ।

पासवानले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण गत भदौ २६ गते चन्द्रपुर नगरपालिका बजार टोलमा आफ्नै निवासमा सुतिरहेको अवस्थामा रातको १२ बजे १८ वर्षीया सम्झना दास र उनकी बहिनी सुस्मिता दासमाथि एसिड प्रहार गरेका थिए । 

उनीहरुको अहिले कीर्तिपुर अस्पतालमा उपचार गराइरहेको छ । एसिड प्रहार गर्ने पासवाललाई प्रहरीले नियन्त्रणमा लिई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । घटनाको ६ दिनपछि पक्राउ परेका पासवानको हातमा पनि एसिड परेर कालो भएको छ । सम्झनाको मोबाइल कल डिटेल्सका आधारमा पासवान पक्राउ परेका हुन् । रमाइलो त यो छ कि, एसिड प्रहार भएको ठाउँमा सबैभन्दा पहिला पासवान पुगेका थिए । सम्झनालाई काठमाडौंमा उपचार गर्नेक्रममा कुरुवा बस्ने पनि पासवान नै थिए । उनी सम्झनाका छिमेकी हुन् । एकतर्फी मायाको उपहार किशोरीमाथि एसिड प्रहार गरेका छन् ।

दिदी सम्झना दास कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको अति संवेदनशील मानिने आइसियू कक्षको ५ नम्बर बेडमा छट्पटाईरहेकी छिन् । चिकित्सकका अनुसार उनको अनुहार सहित शरीरको अगाडिको पुरै भाग जलेको छ । शरीरको ३५ प्रतिशत भन्दा बढी भाग गहिरोसँग जलेको कारण अत्यन्तै क्रिटिकल अवस्था भएकोले यसै भन्न नसकिने चिकित्सकको भनाई छ । दिदीसँगै सुतेकी बहिनी सुस्मिता को हात एसिडले जलेको छ ।

ट्याग -   प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड ,

SUGGESTED ARTICLES

img
सडक दुर्घटनामा मृत्यु

गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।


by RSS | Oct 15

img