mobile

मलेसियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु  

By Anu Rana on Sep 19,2018 - 19:50

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६ पुगेको छ। मदिरा सेवनबाट मंगलबार ४ नेपालीको मृत्यु भएको थियो। आज थप दुई जनाको ज्यान गएको हो। मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीमध्ये ६ जनाको पुष्टी भएको छ ।

मलेसियास्थित नेपाली दूतावास स्रोतका अनुसार मृत्यु हुनेमध्ये ६ जना नेपालीको पुष्टी भइसकेको छ । यसअघि दूतावासस्रोतले ७ जना नेपालीको मृत्यु भएको जानकारी दिएको थियो । तर ७ जनामध्ये १ जना भने नेपालीभाषी म्यानमारका नागरिक रहेको बताइएको छ । विषाक्त मदिरा सेवनका कारण सेलाङगोर र क्वालालुम्पुरक्षेत्रमा १९ जनाको मृत्यु भइसकेको छ । 

मृतकसहित विरामी परेका प्रायः सबैजना विदेशी कामदार रहेको सेलाङ्गार राज्यको प्रहरी प्रमुख मजलान मानसोरले बताउनुभयो । सेलाङ्गर मलेसियाको राजधानी क्वालालम्पुरसँग जोडिएको राज्य हो । प्रहरीका अनुसार मृतक तथा विरामी सबैले सोमबार दुई थरीका ह्वीस्की र एक थरी वियरको सेवन गरेका बताइएको छ । मदीरा सेवन गरी मृत्यु भएका पहिलो व्यक्ति एउटा फ्याक्ट्रीमा काम गर्ने श्रमिक थिए भने मङ्गलबार पनि एक जनाको मृत्यु भएको मलेसियाको बेर्नामा न्यूज एजेन्सीले जनाएको छ ।

मलेसियाको स्वास्थ्य मनत्रालयले जनाएअनुसार विषाक्त मदिरा सेवनका कारण ५१ जना बिरामी परेका थिए । बिरामी परेका ५१ जनामध्ये ४८ जना विदेशी नागरिक भएको मलेसिया सरकारले बताएको छ । जसमा नेपाली, म्यानमार, बङ्गलादेशी र इण्डोनेसियन रहेका छन् । बिरामी परेकामध्ये जसमध्ये १९ जनाको मृत्यु भइसकेको छ भने १४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बिरामीमध्ये धेरै नेपाली नागरिक रहेको बताइएको छ । 

उक्त बिरामीमध्ये केहीलाई डिस्चार्ज गरिएको र केहीलाई अस्पतालमै अनुगमनमा राखी उपचार भइरहेको छ । मृत्यु हुनेमध्ये ३ जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ तथा उमेर नखुलेका आइतसिंह गोले तामाङको सनाखत भएको छ । अन्य ३ नेपालीको नाम भने सार्वजनिक भएको छैन । 

अस्पतालमा उपचाररत बिरामीहरुका अनुसार उनीहरुले कालाङ उपत्यकाका विभिन्न पसलबाट म्याण्डले र ग्राण्ड रोयल ह्वीस्की तथा किंगफिसर बियर सेवन गरेका थिए । अस्पतालमा उपचाररत बिरामीहरुमा वान्ता आउने र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । सबैजसो बिरामीलाई एउटै लक्षण देखिएको र उनीहरु सबैले यी तीनमध्ये कुनै एक मदिरा सेवन गरेको पाइएको छ । 

यस विषयलाई समेटेर मलेसियास्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गर्ने तयारी गरेको मलेसियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार खरेलले जानकारी दिएका हुन ।

ट्याग -  मलेसियामा विषाक्त मदिरा , मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु  

SUGGESTED ARTICLES

img
प्रहरी सचेतनाले घट्यो आत्महत्या

रोल्पामा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्ला तीन वर्षयता यो दर घट्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा ४३ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७३÷७४ र ०७४÷७५ मा यो सङ्ख्या २८ मा झरेको थियो ।


by RSS | Today, 04:59 PM

img