mobile

देवघाटको पुस्तकालय नमूना

By RSS on Sep 19,2018 - 17:09

तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना बनेको छ । देवघाटलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले २०६३ सालमा स्थापना गरिएको सो उक्त पुस्तकालय देवघाटकै गहना मानिन्छ । सञ्चालक समितिका सदस्यले व्यक्तिगतरुपमा १०/१० पुस्तक उपलब्ध गराएर स्थापना गरेको सो पुस्तकालयमा हाल पाँच हजारभन्दा बढी पुस्तक छन् । पुस्तकालयमा बढीजसो संस्कृत र धार्मिक पुस्तक छन् । आधुनिक साहित्यका सामग्री तथा दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिका समेत राखिएको सो पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । 

पुस्तकालयको संस्थापक डा गुरुप्रसाद सुवेदी हुनुहुन्छ । महेश संस्कृत विद्यापीठका प्राचार्यसमेत रहनुभएका सुवेदीकै संरक्षकत्वमा पुस्तकालय सञ्चालन भइरहेको छ । स्थानीयवासी तथा यहाँ भ्रमणमा आउने तीर्थालु र भक्तजनले दैनिकरुपमा पुस्तकालयको भ्रमण गर्नुका साथै पुस्तक तथा पत्रपत्रिकाको अध्ययन गर्ने गरेको पौडेल बताउनुहुन्छ । इतिहास, वेद, उपनिषद् र पुराणका पुस्तकमार्फत देवघाटधामलाई पूर्वीय दर्शनको अध्ययन केन्द्रका रुपमा विकास गर्ने योजना रहेको उहाँको भनाइ छ । 

“पुस्तकालयको विकास र विस्तारका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो । देवघाट गाउँपालिका–५ स्थित सार्वजनिक जग्गामा पुस्तकालय भवन निर्माण गरिएको छ । भवन साँघुरो भएकाले जग्गा र सुविधा सम्पन्न नयाँ भवन बनाउन स्थानीय तहसँग पहल गरिरहेको पौडेलले बताउनुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले पुस्तकालयको विकास र विस्तार गर्न सक्दो सहयोग गर्ने बताउनुभयो । (रासस)

ट्याग -  पुस्तकालय

SUGGESTED ARTICLES

img
सडक दुर्घटनामा मृत्यु

गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।


by RSS | Oct 15

img