mobile

संविधान दिवसका अवसरमा प्रभातफेरी

By RSS on Sep 19,2018 - 17:15

संविधान दिवसका अवसरमा प्रदेश नं ३ को अस्थायी राजधानी मकवानपुरको हेटौँडामा आज बृहत् प्रभातफेरी कार्यक्रमको आयोजना गरियो । स्थानीय भुटनदेवी माविबाट शुरु भएको प्रभातफेरी कार्यक्रम हेटौँडा बजारको विभिन्न चोक हुँदै मकवानपुर क्याम्पसमा पुगी सम्पन्न भएको थियो । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, मन्त्रालयका सचिव तथा प्रशासनिक प्रमुख, कर्मचारी, राजनीतिक दल, विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, पत्रकार, टोल समितिका पदाधिकारीलगायत नागरिक समाजका अगुवाको प्रभातफेरीमा सहभागिता थियो । 

संविधानको कार्यान्वयन र विशेषतासहित प्लेकार्ड बोकेर विद्यार्थी प्रभातफेरीमा सहभागी भएका थिए । उक्त कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजकत्वमा भएको थियो । (रासस)

ट्याग -  संविधान दिवस

SUGGESTED ARTICLES

img
बास्तोलाको निधनप्रति दुःख व्यक्त

पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको समवेदना सन्देशमा यस दुःखद् घडीमा मञ्च उहाँप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ । 


by RSS | Oct 15

img