mobile

फिलिपिन्समा भयानक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ८१ पुग्यो  

By Anu Rana on Sep 20,2018 - 17:29

फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भयानक आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ८१ पुगेको प्रहरीले बुधबार जानकारी दिएको छ। यस प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता भएका व्यक्तिहरु प्रायःभीषण आँधीपछि आएको पहिरोमा पुरिएको हुनुपर्ने अनुमान गरिएको छ। 

फिलिपिन्स राष्ट्रपतिका सल्लाहकार फ्रान्सिस टोलेन्टिनोले उद्धारकार्य जारी रहने र पहिरो प्रभावित क्षेत्रबाट सम्भव भएसम्म जीवितै उद्धार गरिने जनाए । यस आँधीले प्राय: पहाडी इलाका प्रभावित पारेको छ । यसैकारण आँधीपछि पहिरोको प्रकोप जारी छ ।

फिलिपिन्स राष्ट्रपतिका सल्लाहकार फ्रान्सिस टोलेन्टिनोले उद्धारकार्य जारी रहने र पहिरो प्रभावित क्षेत्रबाट सम्भव भएसम्म जीवितै उद्धार गरिने जनाए । यस आँधीले प्राय: पहाडी इलाका प्रभावित पारेको छ । यसैकारण आँधीपछि पहिरोको प्रकोप जारी छ ।

फिलिपिन्स राष्ट्रपतिका सल्लाहकार फ्रान्सीस टोलेन्टिनोले उद्धारकार्य जारी रहने र पहिरो प्रभावित क्षेत्रबाट सम्भव भएसम्म जीवितै उद्धार गरिने जानकारी दिएका छन् । यस आँधीले प्रायः पहाडी इलाका प्रभावित पारेको छ।

यसैकारण आँधीपछि पहिरोको प्रकोप जारी रहेको छ। यस आँधीबाट हताहत र बेपत्ता पनि यसै पहाडी इलाकामा बढी भएको छ । फिलिपिन्समा यस वर्ष आएको आँधी मध्ये म्याङ्कुट अत्यन्त शक्तिशाली भएको बताइएको छ।

गत शनिबार लुजोन द्वीपबाट सुरु भएको शक्तिशाली आँधीबाट घरहरू क्षतिग्रस्त भएको विद्युत् लाइन अवरुद्ध भएको थियो । रूख ढलेका र पहिरो पनि गएको थियो । यस आँधीबाट कृषि क्षेत्रमा २६ करोड ४३ लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको राष्ट्रिय प्रकोप व्यवस्थापन परिषदले जानकारी दिएको छ। 

फिलिपिन्समा यस वर्ष आएको यो १५ औँ आँधी हो। हाल आएको म्याङ्कुट अत्यन्त शक्तिशाली आँधीका रुपमा रहेको छ। यस वर्षको अन्त्यसम्म अझै पनि चार या पाँच वटा आँधी आउने फिलिपिन्सको मौसम विज्ञान विभागले जानकारी दिएको छ।

 प्रहरी प्रवक्ता बेनिग्नो दुरानाले गत सोमबार प्रकाशित विज्ञप्तिका अनुसार मृतक संख्या ६५ पुगेको थियो । उपचारका क्रममा घाइतेहरू मारिएका र बेपत्ताको शव फेला परेपछि बुधबार म्यांकुटबाट मारिनेको संख्या ८१ पुगेको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । 

आँधीका कारण फिलिपिन्सका लाखौँ मानिस प्रभावित भएका छन् । आँधीपछि गएको भूक्षयका कारण यस क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन्।

 मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण छ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। त्यसैगरी स्न् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। 

ट्याग -  फिलिपिन्समा ‘म्याङ्कुट’ नामक आँधी , मृत्यु हुनेको सङ्ख्या ८१ पुग्यो  

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img