mobile

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

By RSS on Sep 20,2018 - 16:22

प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी १६ विधेयक लागू भएकामा खुशी व्यक्त गर्दै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । आजको बैठकको शून्य समयमा उहाँहरुले संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गर्दा यसको प्रभावकारी कार्यान्वयनमा सरकार र सदनलाई गम्भीर बन्न आग्रहसमेत गर्नुभयो । 

सांसदले बझाङ जिल्लाका सेतीपारिका गाउँपालिकामा यातायात सम्बन्धबिच्छेद भएको र बालिका एवं महिला हिंसा, बलात्कारको घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिटो गर्न, सामुदायिक विद्यालयका कर्मचारीका माग सम्बोधन गर्न र कर्णाली प्रदेशमा जल तथा मौसम विभागको कार्यालय सञ्चालन गर्न माग गर्नुभयो । 

आफ्नो धारणा राख्नेमा अञ्जना बिसङ्खे, आशाकुमारी विक, इन्दुकुमारी शर्मा, उमा रेग्मी, कलिला खातुन, खगराज अधिकारी, गणेश पहाडी, गोपालबहादुर बम, गङ्गा चौधरी, घनश्याम खतिवडा, झपटबहादुर रावललगायत हुनुहुन्थ्यो । (रासस)

ट्याग -  पेट्रोलियम पदार्थ

SUGGESTED ARTICLES

img
राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ (१) अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । 


by RSS | Dec 09

img