mobile

सरकारले दुइ महिनामा मात्रै १ सय २० अर्ब राजस्व संकलन

By Anu Rana on Sep 20,2018 - 17:24

सरकारले साउन र भदौं महिनामा मात्रै १ सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको छ । सरकारले गत वर्षको तुलनामा श्रावण र असार महिनामा मात्रै ३७ प्रतिशत बढि १ सय २० अरब राजस्व संकलन गर्न सफल भएको हो ।आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा ।युवराज खतिवडाले दुई महिनामा गत वर्षको भन्दा ३७ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिनुभ्एको हो ।

 उनले राजस्व संकलनका लागि सरकारले करको दायरा बढाउने नीति लिएको पनि स्पष्ट पारे। करको दायरा बढाउने र करमैत्री कार्यालयको स्थापना गरेर राजस्व संकलनको कामलाई सहज बनाउने काम सरकारले गरिरहेको अर्थमन्त्री खतिवडाको दावी छ। सरकारले कर असुलीलाई सहज बनाउन ११ वटा थप कर कार्यालय नै स्थापना गरेको छ।

अर्थमन्त्री खतिवडाले स्थानीय तहमा देखिएको करसम्बन्धि समस्या समाधान हुँदै गएको दावी पनि गरे । उनले घरजग्गामा लगाइएको कर घटाउन लागिएको पनि जानकारी दिए । ‘केही नेपाल ऐन’ संशोधन गरेर घरजग्गामा लगाइएको करको दर घटाउने अर्थमन्त्री खतिवडाको योजना छ ।

अर्थमन्त्री खतिवडाले कानुन विपरित कर नलिन आवश्यक व्यवस्था गरिएको पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले अमेरिकी डलरको तुलनामा अन्य देशको मुद्राको अवमूल्यन भएपनि नेपाललाई त्यसले तत्काल असर नपार्ने दावी पनि गरे ।  

ट्याग -  साउन र भदौं महिनामा मात्रै १ सय २० अर्ब राजस्व संकलन

SUGGESTED ARTICLES

img
च्याङ्ग्रा महँगियो

यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताउनुभयो । 


by RSS | Oct 15

img