mobile

महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ– मन्त्री थापा

By RSS on Sep 20,2018 - 16:31

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला अधिकारका क्षेत्रमा नेपाल पक्ष राष्ट्र भई गरिएका अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । महिला विकास र कानून मञ्चले आज यहाँ आयोजना गरेको महिलाविरुद्धको विभेद उन्मूलनसम्बन्धी महासन्धि विषयक छलफलमा मन्त्री थापाले महिलाका अधिकारलाई संविधानमा समेटिएको बताउँदै त्यसलाई कार्यान्वयन गर्ने गरी कानून निर्माण भइरहेको बताउनुभयो । उहाँले मुलुकको नयाँ संरचनामा स्थानीय तह र प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार महिला अधिकारलाई दृष्टिगत गरी आवश्यक कानून बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

अधिकारकर्मी चाँदनी जोशीले विभेदकारी परम्परागत अभ्यासलाई कानूनबाट नै प्रतिबन्ध लगाइनुपर्नेमा जोड दिँदै पीडितलाई न्याय उपलब्ध गराउनुपर्ने विचार व्यक्त गर्नुभयो । अर्का अधिकारकर्मी बन्दना राणाले विभेद न्यूनीकरणका लागि निर्माण भएका ऐन, नियम र कानूनलाई सशक्तरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनीहरुलाई आर्थिक र सामाजिक सशक्तीकरणमा ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रम आयोजक संस्थाका कार्यकारी निर्देशक सविन श्रेष्ठले महिलामाथि हुने विभिन्न किसिमका विभेदको अन्त्य गर्नुपर्ने बताउँदै उनीहरुको अधिकार संरक्षणका लागि देशको सातै प्रदेशबाट सुझाव सङ्कलन गरी बनाइएको प्रतिवेदनका बारे जानकारी दिनुभयो । (रासस)

ट्याग -  महासन्धि कार्यान्वयन

SUGGESTED ARTICLES

img
बास्तोलाको निधनप्रति दुःख व्यक्त

पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको समवेदना सन्देशमा यस दुःखद् घडीमा मञ्च उहाँप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ । 


by RSS | Oct 15

img