mobile

शेयर बजार : सामान्य गिरावट

By RSS on Sep 20,2018 - 18:09

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले घटेर २६६.०९ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २० लाख १५ हजार ८२९ कित्ता शेयर रु ५५ करोड ५० लाख ६१ हजार ५०२ मूल्यमा कारोवार भएको स्टकले जनाएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ । 

तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए पनि अरु उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल २०.५७, विकास बैंक ४.६९ र अन्यको १.८३ बिन्दुले बढे पनि बैंकिङ १.६५, जलविद्युत् ७.७९, फाइनान्स ०.४८, निर्जीवन बीमा १०७.४८, उत्पादन ५.५१, माइक्रो फाइनान्स ५.०६, जीवन बीमा ७९.८१ बिन्दुले घटेको छ । व्यापार समूहको भने कुनै पनि कारोवार भएन । (रासस)

ट्याग -  शेयर बजार

SUGGESTED ARTICLES

img
गभारो लागेपछि ‘सुन्तालाको जोन’ प्रभावित

गभारो र ढुसी रोग लागेका कारण जाजरकोटमा यो वर्ष सुन्तला उत्पादनमा गिरावट भएको छ । सरकारले ‘जोन घोषणा’ गरेको जाजरकोटमा सुन्तला उत्पादन घटेपछि किसान चिन्तित छन् । रोगका कारण सुन्तालका बोट सुक्ने र दानाहरु कालो हुन थालेपछि उत्पादन कमी आएको हो । गत वर्ष रु आठ करोड बराबरको सुन्तला उत्पादन भएको जाजरकोटमा यो वर्ष त्यसको आधा पनि उत्पादन सकेको किसान


by RSS | Dec 09

img