mobile

विकास समितिको सभापतिमा खड्का

By RSS on Sep 21,2018 - 12:10

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको आजको बैठकले उहाँलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो । खड्काको उम्मेदवारीमा सांसद गणेशकुमार पहाडी प्रस्तावक र समर्थकमा इन्दुकुमारी शर्मा रहनुभएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासहित समितिका सदस्यहरुले सरकार र समाजलाई स्पष्ट मार्गनिर्देश गर्ने समितिको सभापतिमा चयन हुनुभएकामा श्रीमती खड्कालाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको लागि कामना गर्नुभयो । 

त्यसैबीच राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सांसद कृष्णगोपाल श्रेष्ठ प्रस्तावक र रेखा शर्मा समर्थक रहेको श्रेष्ठलाई निर्वाचित गरियोस् भन्ने सूचनालाई बैठकले सर्वसम्मतरुपमा अनुमोदन गरेको थियो । सभापतिमा श्रेष्ठ निर्विरोध भएपछि समितिका सदस्यहरुले उहाँलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो ।(रासस) 
 

ट्याग -  विकास समिति

SUGGESTED ARTICLES

img
राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ (१) अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । 


by RSS | Dec 09

img