mobile

सामुदायिक विद्यालयलाई कम्प्युटर

By RSS on Sep 21,2018 - 14:15

हुम्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खार्पुनाथ गाउँपालिकाका दुई माध्यमिक विद्यालयलाई गुडनेवर्स इन्टरनेशनल र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले कम्प्युटर वितरण गरेको छ । 
गुडनेभर्स इन्टरनेशनलको आर्थिक सहयोग र किर्डाक नेपाल हुम्लाद्वारा सञ्चालित शिक्षा कायक्रमअन्तर्गत गाउँपालिकाको सीता मावि, छिप्रा र मालिका मावि, लालीलाई कम्प्युटर वितरण गरिएको गुडनेभर्स इन्टरनेशनल हुम्लाका संयोजक मनकुमार राईले बताउनुभयो । 
विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ र नयाँ टेक्नोलोजीतर्फ केन्द्रित गर्ने उद्देश्यले कम्प्युटर वितरण काय शुरु भएको हो । जिल्ला शिक्षा समन्वय एकाई प्रमुख वर्ष फडेराले सम्बन्धित विद्यालयका प्रधानअध्यापकलाई कम्प्युटर वितरण गर्नुभएको हो । मालिका माविलाई १० थान कम्प्युटर एक थान प्रोजेक्टर र सीता माविलाई आठ थान र एक प्रोजेक्टर वितरण भएको थियो । 
दुई विद्यालयमा गरी रु १० लाख २३ हजार २९२ बराबरको कम्प्युटर सामाग्री हस्तान्तरण गरिएको छ । 
जिल्लाको मध्यक्षेत्रमा पर्ने सर्केगाड गाउँपालिकामा रहेको हिमज्योति माध्यमिक विद्यालयमा वितरण गरेको कम्प्युटर अहिलेसम्म सञ्चालनमा आउन नसकेकामा भने समन्वय प्रमुख फडेराले त्यस्ता कमजोरी सुधार्न निर्देशन दिनुभयो । 
विद्यालयलाई प्रविधिमैत्री बनाउन सो कम्प्युटर सहयोगी हुने छिप्रा माविका प्रधानध्यापक जुनअराज हमालले बताउनुभयो । (रासस)

ट्याग -  कम्प्युटर

SUGGESTED ARTICLES

img
सूचना प्रविधिको सम्मेलन काठमाडौंमा हुँदै  

इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले मंसिर २३ देखि २८ गतेसम्म एनपिएनओजी–४ नामक ६ दिने कार्यक्रम आयोजना गर्दै छ ।


by Anu Rana | Dec 09

img