mobile

राजमार्ग अवरुद्ध

By RSS on Sep 21,2018 - 15:50

गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतबाँझ–कुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका–बगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन पाटनबाट डोजर गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ । (रासस)

ट्याग -  राजमार्ग अवरुद्ध

LATEST NEWS

SUGGESTED ARTICLES

img