mobile

कर्णाली राजमार्गमा जिप दुर्घटना

By RSS on Sep 21,2018 - 15:54

कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते भएका छन् । बुलबुले यातायात प्रालिको भे१ज ९७९ नम्बरको जिप दैलेखको आठबिस नगरपालिका–१ डावमा दुर्घटना भएको हो । 

आज बिहान २ः३० बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । दुर्घटनामा घाइते नौ जनाको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जिप सडकदेखि करीब ६० मिटर तल खसेको थियो ।  (रासस) 

ट्याग -  जिप दुर्घटना

SUGGESTED ARTICLES

img
ढोरपाटनमा यातायात अवरुद्ध

नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ । हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो । ढोरपाटन–सालझण्डकी खण्डको ढोरपाटन नगरपालिका–९ बोवाङको सडकमा हिउँ अझै पग्लेको छैन । हिउँ नपग्लदा बोवाङको फलियाघरदेखि माथिको बस्तीमा सडक यातयात पूर्णरुपमा बन्द भएको स्थानीयवासी कमल भण्डारीले जानकारी दिनुभयो ।


by RSS | Feb 22

img