mobile

नेपाल म्यानमारसँग भिड्ने

By RSS on Sep 21,2018 - 16:01

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज म्यानमारसँग भिड्ने भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा नेपाल र म्यानमाबीचको खेल दिउँसो ३ः३० बजे हुनेछ । समूह चरणको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपालले दोस्रो खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई म्यानमारविरुद्धको आजको खेल जित्नै पर्ने दबाब छ । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । 

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपमा सहभागिता जनाउनेछ । सोही मैदानमा अहिले मलेसिया र फिलिपिन्सबीचको खेल जारी छ । (रासस)

ट्याग -  एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप

SUGGESTED ARTICLES

img
जाउलाखेललाई हराउँदै थ्रिस्टार लिगको दोस्रो स्थानमा

थ्रीस्टार क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा थ्रिस्टारले जाउलाखेल माथि २–० को जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो । थ्रिस्टारको जितमा रञ्जीत धिमाल नायक बने । उनले खेलको दोस्रो हाफमा दुई गोल गरे ।


by RSS | Dec 09

img