mobile

टेलिफोन अवरुद्ध

By RSS on Oct 01,2018 - 16:18

विराटनगर महानगरपालिकामा यही असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ । 
शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको छ लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्चुराज खतिवडाले जानकारी दिनुभयो । 
नाला बनाउने क्रममा ३०० लाइन र ९०० लाइनका दुई संरचना ध्वस्त भएकाले सो क्षेत्रमा वितरित ७०० टेलिफोन अवरुद्ध भएको प्राविधिक खतिवडाले बताइएको छ । टेलिफोन अवरुद्ध भएपछि सञ्चार क्षेत्रमा कार्यरत रासस प्रदेश नं १ कार्यालय विराटनगरलाई निकै समस्या भएको छ । प्राविधिक खतिवडाले ध्वस्त संरचना तयार गर्न लगभग दुई महिना लाग्ने जानकारी दिनुभयो । (रासस) 

ट्याग -  टेलिफोन

SUGGESTED ARTICLES

img
सूचना प्रविधिको सम्मेलन काठमाडौंमा हुँदै  

इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले मंसिर २३ देखि २८ गतेसम्म एनपिएनओजी–४ नामक ६ दिने कार्यक्रम आयोजना गर्दै छ ।


by Anu Rana | Dec 09

img