mobile

पुरुष टोली विजयी

By RSS on Oct 02,2018 - 11:07

जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी भएको छ । गए राति सम्पन्न खेलमा छैटौँ चरणको खेलमा नेपालले श्रीलङ्कालाई २.५–१.५ अङ्कले पराजित गरेको हो । छैटौँ चरणको जितसँगै नेपालले कूल आठ अङ्क बनाएको छ । नेपालका लागि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बरियतामा ११८औँ स्थानमा रहेको नेपालले ११५औँ बरियताको श्रीलङ्कामाथि जित निकाल्दा रिजेन्द्र र नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ विजयी भए । 

यसैगरी महिलातर्फ छैटौँ चरणको खेलमा नेपालले प्यालेस्टाइनसँग २–२ को बराबरी खेल्दै अङ्क बाँडेको छ । छैटौँ चरणमा नेपालका मोनालिसा खम्बू र सुजना लोहनी विजयी भएका हुन् । सिन्दिरा जोशी र खुश्बु थापा पराजित भए । (रासस)

ट्याग -  विजयी

SUGGESTED ARTICLES

img
समाजमा हुने भ्रष्टाचार ‘सय कडा १०’ मा

समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु–याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले जानकारी दिनुभयो ।


by RSS | Today, 01:44 PM

img