mobile

शिक्षामन्त्री बिरुद्ध नै आन्दोलन गर्छु : डा .केसीप  

By Anu Rana on Oct 03,2018 - 12:33

प्राध्यापक डाक्टर गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रम सृजना गरेको आरोप लगाएका छन् ।

 

सोमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै डा .केसी मन्त्री बिरुद्ध खनिएका हुन् । संसदको वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पास नभएपछि डा । केसीले शिक्षामन्त्रीले नै अवरोध गरेको भन्दै राजीनामा माग गरे । जवाफमा मन्त्रीले डा । केसीले ब्लाकमेलिङ गरेको आरोप लगाए भने मन्त्रालयले विज्ञप्ति जारी गर्दै डा । केसी मन्त्रालयसँग सम्पर्कमै आउन नचाहेको बताए ।

उनले शिक्षामन्त्री पोखरेलको आलोचना गरेका छन् । माथेमा आयोगको प्रतिवेदन विपरित प्रावधान राख्न तथा अध्यादेशलाई तोडमोड गरी माफियामुखी ऐन बनाउन भूमिका खेलेको उनको आरोप लगाउदै डा।केसीले

सीटीईभीटी, नर्सिङलगायतका कलेजहरु कार्यक्रम सञ्चालन स्वीकृतिको पर्खाइमा रहेको भन्दै डा. केसीले भनेका छन्, ‘त्यसमा शिक्षामन्त्रीको प्रत्यक्ष स्वार्थ गाँसिएको छ ।’

‘ती कार्यक्रमहरुलाई चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारमा जान नदिने र आफैंले स्वीकृती प्रदान गरी आर्थिक लाभ लिने निहित स्वार्थ बमोजिम हामीसँग गरिएको सम्झौताका वुँदाहरु विपरित ऐन पारित गर्न गराउन पहल गरिरहेका छन् ।’ उनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

ट्याग -  शिक्षामन्त्री बिरुद्ध नै आन्दोलन गर्छु : डा .केसी

SUGGESTED ARTICLES

img
सामुदायिक विद्यालयमा सुधार

जिल्लाका सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएको छ । स्थानीय तह र गैरसकारी संस्थाको समन्वयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भएपछि शैक्षिक अवस्थामा सुधार आएको हो । पढाइ राम्रो हुँदैन, शिक्षक योग्य हुँदैनन् भन्ने सोचले यहाँका अभिभावक छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका थिए । विद्यालयमा हिजोआज विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा १७० सामुदायिक विद्यालय छन् ।


by RSS | May 21

img

Whoops, looks like something went wrong.