mobile

सरकारले विशेष कडाइ गरेपछि पाँच किलो सुन बरामद

By Anu Rana on Oct 04,2018 - 09:16

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एकजनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोबहादुर तामाङले बोकेर आएको सुन सहित उनलाई बालाजुबाट पक्राउ गरेको हो ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पेटीमा बाँधेर सार्वजनिक यातायातमा चढेर सुन ल्याएको अवस्थामा पाँच किलोग्राम सुनसहित रसुवा गोसाइकुण्ड–९ घर भएका सोबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “प्रतिकिलोग्राम रु ५० हजार पाउने आशमा सुन ओसारपसार गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । प्रहरीले सुनसहित एक थान मोबाइलसमेत बरामद गरेको छ ।

यसअघि असोज ९ गते परिसरको टोलीले मोटरसाइकलमा तीन किलोग्राम सुन ल्याउँदै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको थियो । सोही समयमा केरुङ नाकाबाट सुन तस्करी भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा रसुवा गोसाइँकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई नियन्त्रणमा लिएको थियो । 

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सरकारले कडा कदम चालेपछी पछिल्लो समय केरुङ नाकाबाट हुने सुनको तस्करी बढेको छ ।

 महानगरीय प्रहरी परिसर काठमाडौंले केहीदिनअघी मात्र टोखाबाट तिनकिलो सुन सहित दुईजनालाई नियन्त्रणमा लिएको हो  ।

ट्याग -  पाँच किलो सुन बरामद , चीनको केरुङ नाका

LATEST NEWS

SUGGESTED ARTICLES

img