mobile

त्रिभुवन विश्वविद्यालय विश्वकै उत्कृष्ट १००० विश्वविद्यालयको सूचीमा

By Anu Rana on Oct 08,2018 - 17:52

नेपालको सबैभन्दा ठूलो र पूरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय टाइम्स हाइअर एजुकेशन वल्र्ड युनिभर्सिटी वरियतामा समावेश भएको छ । त्रिभुवन विश्वविद्यालयको यो  पहिलो पटक समावेश  हो । समग्र विश्वविद्यालयको वरियतामा त्रिभुवन विश्वविद्यालय ‘टाइम्स हाइअर एजुकेशन’को तालिकाको ८०१ देखि १००० को समूहमा रहेको छ । टाइम्स हाइअर एजुकेशन वल्र्ड युनिभर्सिटी वरियता वार्षिक रुपमा टाइम्स हाईअर एजुकेशन म्यागेजिनले विश्वभरीका विश्वविद्यालयको गुणस्तरको विश्लेषण र तुलना गरेर निकाल्ने वरियताक्रम हो ।

त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गर्न सफल भ्एको हो  । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको जानकारी प्राप्त भएको हो ।

त्रिभुवन विश्वविद्यालय यसअघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा रहेको थियो । सन् २०१७ मा ३ हजार ८ सय ४१ स्थानमा रहेको थियो । विभिन्न निकायले गरेको अनुसन्धानमा त्रिभुवन विश्वविद्यालयको स्थान फरक फरक देखिएको थियो । टाइम्स हाइयर एजुकेशनले त्रिभुवन विश्वविद्यालयलाई पहिलो पटक सर्वेक्षण गरेको हो । विश्व प्रशिद्ध द टाइम्स हाइयर एजुकेशन गरेको सर्वेक्षणले त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट विश्वविद्यालयको रुपमा वर्णन गरेको छ ।

टाइम्स हाइअर एजुकेशन वल्र्ड युनिभर्सिटी वरियता लाई विश्वको तीन प्रमुख विश्वविद्यालयहरुको वरियताक्रममध्ये एक मानिन्छ । बाँकी दुईमा एकाडेमी अफ वल्ड युनिभरसिटिज’ र क्युएस वल्ड युनिभर्सिटी वरियतामा मानिन्छन् । सन् २००४ मा क्युएस सँग मिलेर टाइम्स हाइअर एजुकेशनले विश्वभरीको विश्वविद्यालयको वरियताक्रम प्रकाशित गर्न शुरु गरेको थियो । तर सन् २००९ मा यी दुई बीचको सहकार्य तोडिएपछि दुईले अलग अलग वरियताक्रम प्रकाशन गर्न थालेका हुन् ।

वेबसाइटले एक वर्ष अघिको तथ्यांकमा विश्वविद्यालयको देशभरि ६० आङ्गिक क्याम्पस र १ हजार ८४ सम्बन्धन प्राप्त गरेको क्याम्पस रहेको बताएको छ । त्यस्तै ३ लाख ५९ हजार ३ सय ७७ विद्यार्थी रहेको यो विश्वविद्यालय विद्यार्थी संङ्ख्याको आधारमा विश्वकै ११ औं ठूलो विश्वविद्यालय रहेको जनाएको छ ।

वरियताक्रममा अन्य देशका उच्च शैक्षिक संस्थाको शीर्ष स्थानमा लगातार तेस्रो वर्ष पनि ब्रिटेनको अक्सफोर्ड विश्वविश्वविद्यालय नै परेको छ । दोस्रो स्थानमा पनि संयुक्त अधिराज्यकै क्याम्ब्रिज विश्वविद्यालय रहेको छ । यी दुईले विश्वभरका विश्वविद्यालयहरुको वरियतामा शीर्ष स्थान लिएको भए पनि समग्र ब्रिटिस विश्वविद्यालयको अवस्था भने अघिल्लो वर्षको तुलनामा खस्केको वेबसाइटले जनाएको छ ।

केही आलोचकले यो टाइम्स हाइअर एजुकेशनको विश्ववरियताले विज्ञान र प्राविधिक शिक्षामा केन्दीत विश्वविद्यालयलाई बढी अंकभार दिने गरेको आरोप लगाउने गरेका छन् ।

 तर, म्यागजिनले भने आफूहरुले आफ्नो विश्वभरीका विश्वविद्यालयको वरियताक्रम अनुसन्धान आउटपुट र तिनको प्रभाव, शैक्षिक प्रतिष्ठा, सिकाई, उद्योगहरुबाट आय र अन्तराष्ट्रिय सम्बन्धनलाई आधार मान्ने गरेको बताउँदै आएको छ ।

ट्याग -  त्रिभुवन विश्वविद्यालय , विश्वकै उत्कृष्ट विश्वविद्यालयको सूचीमा ,

SUGGESTED ARTICLES

img
जाडोले विद्यार्थीलाई कठिनाइ

मङ्सिरको दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ । स्थानीय तहले आजदेखि परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । खार्पुनाथ गाउँपालिकास्थित मानधारा माविका विद्यार्थीलाई परीक्षामा सहभागी दिन कठिन भएको प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिनुभयो ।


by RSS | Today, 02:50 PM

img