mobile

करणको अलराउन्ड प्रदर्शनमा नेपाल १४० रनले विजयी  

By Anu Rana on Oct 08,2018 - 17:51

आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत पूर्वी एसिया छनोटको तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डिएल (डकवर्थ लुइस) मेथडमा १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालका बलिङ अलराउन्डर करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डलाई ८ ।५ ओभरमा १८ रनमा समेटेको हो । करण म्यान अफ द म्याच घोषित भए ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएपछि १७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डका ब्याट्सम्यानहरुले दोहोर अंक जोड्न सकेनन् । त्यस्तै, थाइल्यान्डको ब्याटिङ धरापमा पार्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए भने करण केसीले ३ विकेट लिए त्यस्तै, ललितनारायण राजवंशीले एक विकेट लिएका थिए ।

यसअघि मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

नेपालका लागि करण केसीले १४ बलमा ४० रन बनाए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गरेका थिए ।

यसअघि नेपालका लागि शरद भेषवाकरले ३४ रन, दीपेन्द्रसिंह ऐरीले ३० रन, अनिलकुमार शाहले २५ रन, विनोद भण्डारीले १५ र आरिफ शेखले ८ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्ल ७, कप्तान पारस खड्का ५ रनमा आउट हुँदा सोमपाल कामी ४ रनमा नटआउट रहे । थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।

ट्याग -  नेपाल १४० रनले विजयी   , आईसीसी ट्वान्टी–२० विश्वकप छनोट

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img