mobile

दुई बालिकालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ  

By Anu Rana on Oct 08,2018 - 17:50

दिन दिनै बलात्कारका घटना बढिरहेका समयमा घर तथा विद्यालयबाटै बालबालिकाहरु असुरक्षित हुन थालेका छन् । जिल्लाको बेथाञ्चोक गाउँपालिका वडा नम्वर ४ देविस्थानमा रहेको कालिका माविमा कार्यरत शिक्षकले आफ्नै विद्यार्थीहरु माथी जर्बजस्ति करणी गरेको उजुरी दर्ता भएको छ ।

उक्त उजुरी अनुसार काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ को कालिका माध्यमिक विद्यालयका शिक्षक शंकरलाई प्रहरीले पक्राउ गरेको छ । एकवर्षदेखि कक्षा ५ मा अध्ययनरत दुईजना छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक शंकर पहरी पक्राउ परेका हुन् ।

‘पीडितहरूको जाहेरीका आधारमा पक्राउ गरी म्याद थपिएको छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दीपक गिरीले भने, ‘उनीमाथि लगाइएका अभियोगका विषयमा प्रहरीले गम्भीरताका साथ अनुसन्धान जारी राखेको छ ।’

बालिकाहरूका आफन्तले दिएको जाहेरीमा आरोपी शिक्षकले दुईमध्ये एक बालिकालाई ४ कक्षादेखि नै यौनहिंसा गर्दै आएको उल्लेख छ । ‘संवेदनशील अंगमा चलाउने, छुनेजस्ता क्रियाकलाप छाडिएन, अहिले बलात्कार नै गरेपछि न्याय माग गरिएको हो,’ जाहेरीमा उल्लेख छ ।

शिक्षकले आफ्नो प्रभावमा पार्न चकलेट किनिदिने र कुट्ने धम्की दिने गरेकाले घटना सार्वजनिक गराउन नसकिएको उजुरीकर्ताले बताएका छन् ।

विद्यालयका आईतबार सोहि विषयमा छलफल गर्न बसेको बैठकमा अभिभावकहरुले हस्तक्षेप गर्दै विद्यालयका अन्य शिक्षकहरुलाई समेत कारवाहीको माग गरेका थिए । प्रहरीले शिक्षकलाई असोज १८ गते पक्राउ गरी १९ गते म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । पीडितहरुको तर्फबाट जाहेरी उजुरीमा मुलुकी अपराध(संहिता) ऐन २०४७ को परिच्छेद १८ को दफा २१९ को उपदफा १, २ क, ग र ३ क बमोजिम कारवाहीको माग गरेका छन् ।

ट्याग -  दुई बालिकालाई बलात्कार , शिक्षक

SUGGESTED ARTICLES

img
व्यासप्रज्ञा स्मारिका विमोचन

दमौली, २३ मङ्सिर (रासस) : वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले प्रकाशित गरेको ‘व्यासप्रज्ञा’ स्मारिकाको आज विमोचन गरिएको छ । प्रतिष्ठानले २०७४ कात्तिक १ गतेदेखि २०७५ वैशाख १ गतेसम्म आयोजना गरेको १८ महीने अखण्ड हरिकीर्तन र गत कात्तिक १ गतेदेखि ३० गतेसम्म आयोजना गरेको महामिलन पर्वको गतिविधिलाई समेटेर ‘व्यासप्रज्ञा’ स्मारिका प्रकाशन गरेको हो ।


by RSS | Dec 09

img