mobile

गूगलले आफ्नो सोशल नेटवर्क बग बन्द गर्ने घोषणा गऱ्यो

By Anu Rana on Oct 10,2018 - 11:47

गूगलले उसको सोसियल मिडिया प्लेटफर्म बन्द गरेको छ । सन् २०११ मा फेसबूकसँग प्रतिस्पर्धा गर्न ल्याइएको गूगलप्लसले सोचेअनुरूपको प्रतिफल नदिए सँगइ अमेरिकाको विशाल इन्टरनेट कम्पनी गूगलले उपभोक्ताद्वारा प्रयोग गरिने आफ्नो अनलाइन सोशल नेटवर्क बग बन्द गर्ने घोषणा गरेको छ। यस सोशल नेटवर्किङ्ग साइट बगबाट ५ लाख मानिसहरूको निजी डेटा सार्वजनिक भएको थियो।

गूगल फ्रान्सले गूगलप्लसलाई बन्द गर्ने औपचारिक घोषणा गरिसकेको थियो । सन् २०१५ देखि नै यो प्लेटफर्म बन्द हुने हल्ला चल्दै आएको थियो । गूगल प्लसमा रहेका गूगलका फलोअर्सहरूलाई कम्पनीको आधिकारिक फेसबूक पेज र ट्विटर ह्याण्डलमा सार्ने तयारी गूगलको छ ।

अल्फाबेट इंकको गुगलले भन्यो कि एउटा बगबाट गुगल प्लसको पाँच लाख युजर एकाउण्ट प्रभावीत भएको छ । यसबाट युजरको डाटा एक्सटर्नल डेवलपर्सको अगाडि उजागर हुने खतरा बढेको छ । यही कुरालाई ध्यानमा राख्दै कम्पनिले उपभोक्ताहरुको लागी सोशल नेटवर्क गुगल प्लसलाई बन्द गर्ने निर्णय लिएको हो ।

सोशल साइटमा सफ्टवेयर गडबडीले बाहीरी डेभलपर्सलाई २०१५ र मार्च २०१८ विच प्राइभेट गूगल प्लस डाटासम्म पुर्याएको थियो । यसपछि आन्तरिक जाँचकर्ताले यसको पत्ता लगाए र उसलाई ठिक पारे । यो मुद्धाको कारण अल्फाबेट इंकको शेयर मुल्यमा २ ।६ प्रतिशत गिरावट आएको छ ।

गूगलले भनेको छ कि प्रभावीत डाटा स्ट्याटिक्स, अप्शनल गूगल प्लस प्रोफाइल फिल्ड सम्म सिमित छ । यसमा नाम, इमेल ठेगाना, पेशा, लिङ र उमेर समावेश छ । गूगलले यो पनि भनेको छ कि यो कुराको जानकारी मिलेको छैन कि कुनै डेभलपरलाई यो बग को जानकारी छ । कुनै प्रोफाइल डाटाको दुरुपयोगको जानकारी पनि अगाडि आएको छैन ।

 

२०११ म गुगलले गुगल प्लसलाई फेसबुकसँग टक्कर गर्दे लन्च गरेको थियो । त्यो समय फेसबुकको विज्ञापन पोलिसिलाई ध्यानमा राख्दै गुगलले जि प्लसलाई लन्च गरेको थियो ताकि युजर्सको गतिविधिको आधारमा विज्ञापन देखियोस् ।

 

 

ट्याग -  गूगलले आफ्नो सोशल नेटवर्क , बग बन्द गर्ने घोषणा

SUGGESTED ARTICLES

img
प्रेस काउन्सिलको डिजिटल संवाद शुरु

प्रविधिको विकासका कारण सञ्चारमाध्यमको बदलिदो स्वरुपमा आचारसंहिताको परिपालनासम्बन्धी छलफल चलाउन प्रेस काउन्सिल नेपालले मङ्गलबार विदुरमा ‘पत्रकार आचार संहितासम्बन्धी डिजिटल संवाद कार्यक्रम’ गरेको छ । काउन्सिलमा सदस्य गोपाल बुढाथोकीले नुवाकोटबाट शुरु भएको डिजिटल संवाद कार्यक्रमलाई क्रमशः देशैभरि लैजाने योजना रहेको बताउनुभयो । कार्यक्रममा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै सदस्य बुढाथोकीले पत्रकारिताको क्षेत्रमा धेरै परिवर्तन आएकाले अहिलेको


by RSS | Oct 10

img